१२ बैशाख २०८१, बुधबार 1713987660
राजनीति

नागरिकमैत्री वडा कार्यालय बनाउन मेरो उम्मेदवारी

काठमाडौं । २०७९ साल बैशाख ३० गते नेपाल भरका सम्पूर्ण गाउँपालिका र नगरपालिकाहरू मा स्थानीय निकाय निर्वाचन सम्पन्न हुँदैछ । चुनाव नजिकिएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी सार्वजनिक गरिरहेका छन् ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा अध्यक्ष पदमा शिबराम राजवंशी (श्रेष्ठ) नेकपा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । लामो समयदेखि समाजसेवाको माध्यमबाट राजनीतिमा सक्रिय श्रेष्ठ आगामी वैशाक ३० गते हुने निर्वाचनमा आफु अध्यक्षको उम्मेदवार हुनुको कारण यसरी खुलाउनुभयो ।

हाम्रो २९ नम्वर वडा कार्यलयमा वडा कार्यालय नै छैन । म जितेभने एकबर्षभित्र वडा कार्यालय बनाउछु । त्यस्तै किरियापुत्रि भवन, सार्वजनिक शौचालय, फोहोरको व्यवस्थापन, सिसि क्यामरा जडान , पोल बत्तिको व्यवस्थापन , गाडी नछिर्ने ठाउँमा पानीको पाइपलाइनको व्यवस्था गर्ने, गाडि पार्किङ्गको व्यवस्था गर्ने लगायत थुप्रै योजनाहरु बनाएको छु । पार्क, क्लिनिकको व्यवस्थापन लगायतका योजना रहेका छन् । मेरै पहलमा अहिले कालिन्चोक मार्गमा ५० लाखको बजेटले बाटो ढलान हुँदैछ । बेन गोपाल मन्दिरमा अन्दाजी २३ करोड लगानी गरेर ८० प्रतिशत काम मेरै नेतृत्वमा सफल भएको छ ।

२९ वडाभित्र रहँदा विभिन्न सामजिक कार्यमा सक्रिय रहदै कार्य गरेको हुनाले अब अध्यक्षको भूमिकामा रहेर सामाजिक कार्यलाई थप सक्रिय रुपमा अगाडि बढाउने मेरो योजना हो । २०७४ सालको वडा निर्वाचनमा ५४ मतले पराजित भएको हुनाले पनि एमालेले हाल सर्वसम्मत टिकट दिएको मेरो बुझाई छ । तसर्थ वडाको समस्याबारे आफु राम्रो जानकार भएको हुनाले मेरो अध्यक्ष पदमा दाबी हो ।

अहिले घर दैलो गरिरहेका छौ । नागिरिकमैत्री वडा कार्यालय बनाउने मेरो उम्मेदवारी भएकाले राम्रै मतले जित्छौ भन्ने आशा छ । हामी भष्टाचार कमिशनको घोर बिरोध गर्दछौ र २९ नम्बर वडाबासी वडा सदस्य सवैलाई आफैभएको महसुस गराउछौ भन्ने मेरो प्रतिबद्धता हो ।