८ बैशाख २०८१, शनिबार 1713634253
राजनीति

कांग्रेसी कार्यकर्ता: विपीको तस्वीर छातीमा टाँस, प्रचण्डको क्रान्तिकारी भाषणमा ताली बजाऊ

काठमाडौँ, ७ वैशाख नेकपा (एमाले) का केन्द्रीय सदस्य निर्मल भट्टाराईले सत्तारुढ गठबन्धनको अस्तव्यस्तताबारे तीखो व्यंग्य गरेका छन् ।

उनले सत्ताको नेतृत्व गरिरहेको कांग्रेसका कार्यकर्ताको मनोदशालाई सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।

यस्तो छ भट्टराईको कटाक्षः

काङ्ग्रेसी कार्यकर्ताः दुःख थरिथरि !

–चारतारे झण्डा बोक, पार्टी कारवाही खाऊ ।
–माओवाद जिन्दावाद भन, रेणुको पछि दगुर ।
–रूखमा भोट लगाऊ, पार्टी कारवाही खाऊ ।
–मधेशमा छाता ओड, कलममा छाप लगाऊ ।
–झापामा हलो जोत, प्युठानमा गिलासमा पानी खाऊ ।
–विपीको तस्विर छातीमा टाँस, प्रचण्डको क्रान्तिकारी भाषणमा ताली बजाऊ ।
–एक मधेश एक प्रदेशको नारा लगाऊ, माधव नेपालको ’वर्तमान परिप्रेक्षमा’ भाषण सुन ।
–मतपत्रको सिरानदेखि पुछारसम्म आफ्ना चिन्ह खोज ।