२०७९ आश्विन १६ आईतवार 1664771467
पालिका

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् ।

विगतमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने शर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरुको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका हुन् । स्थानीय जोगी किसानले भन्नुभयो, “हाम्रो सङ्ग्रालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौँ ।” किसान समुदायले मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु गरेको छ । बजेट अभावमा भने सो काम अधुरै छ ।

विसं २०६० मा किसान समुदाय सङ्गठित भएर ‘किसान समुदाय विकास प्रतिष्ठान’को स्थापना गरेका थिए । सङ्ग्रालय बनाउने सोचका साथ स्थापना गरेको प्रतिष्ठानलाई कहीँकतैबाट पनि सहयोग नभएपछि गत वर्ष आफ्नै समुदायबाट रकम सङ्कलन गरेर उनीहरुले प्रतिष्ठानका लागि एक कठ्ठा जग्गा खरिद गरी भवन बनाउन सुरु गरेका हुन् । भवन रङरोगन र झ्यालढोकाको काम बजेट अभावले बाँकी नै छ । “श्रमदान र सहयोग सङ्कलन गरेर बनाएका हौँ”, स्थानीय सुन्दरलाल किसानले भन्नुभयो । नगरपालिकाले जग्गाको व्यवस्था गरेर भवन बनाइदिने आश्वासन दिएको थियो ।

भवनका लागि आदिवासी जनजाति महासङ्घले रु दुई लाख सहयोग गरेको छ । “पार्टीभन्दा पनि राम्रो र हाम्रो काम गर्ने मान्छेलाई मात्र भोट दिन्छौँ”, उहाँले भन्नुभयो । उक्त समुदायका झण्डै ७०० मतदाता छन् । किसान समुदायले जातीय सङ्ग्रालय बनाएर लोप हुँदै गएका गरगहना, चाँदुवा ९चाँदीका पैसाको माला० सिक्री, तक्री ९झुम्का०, लोला ९टप० बेरा ९मोटा चुरा० चुरी, धन्सी, पैरही ९चेप्टो कल्ली० झुटिया ९विच्छी०, खङसो, चौरी ९कलापमा लगाउने धागो०, बाजागाजा राख्ने तयारी छ ।

मेचीनगर–११ का जुनेश किसान वर्षौँदेखि सुकुम्वासी भएर बसेकाले जग्गाको व्यवस्था गरिदिनेलाई मात्र भोट दिने बताउनुहुन्छ । “ज्याला मजदुरी गरेर पेट पालेका छौँ, ओत लाग्न जग्गा छैन”, उहाँले भन्नुभयो । किसान समुदायको दैनिकी विगतभन्दा फेरिएको छ । सधँै स्थानीय क्षेत्रमा मात्र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने उनीहरु रोजगारीका लागि कतार, मलेसिया, कुवेतलगायत देशमा जान थालेका छन् । वैदेशिक रोजगारबाट फर्केर आएका अधिकांश किसानले पक्की घर र जग्गा जोडेका छन् ।