७ बैशाख २०८१, शुक्रबार 1713584223
Uncategorized

बबई गाउँपालिकाको दशौँ गाउँ सभा सुरु

दाङ । बबई गाउँपालिकाको दशौँ गाउँ सभा आजदेखि सुरु भएको छ । 

गाउँपालिकाले हिउँदे अधिवेशनका रुपमा दशौँ गाउँ सभा आजदेखि सुरु गरेको हो । 

बर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पास गर्न गाउँपालिकाको दशौँ गाउँ सभा सुरु भएको हो । 

पहिलो दिन आज विधायन समितिका संयोजक महावीर चौधरीले बबई गाउँपालिकाको भूमि विधेयक प्रस्तुत गर्नुभएको थियो ।