८ बैशाख २०८१, शनिबार 1713599849
Banner

सत्तारुढ गठबन्धनमा सहमति हुन नसकेपछि आज ११ बजे बैठक बस्दै

काठमाडौं । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । हिजो साँझ महानगरमा सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने एक ठाउँमा पुग्न सकेको छैन ।

उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँटमा सहमति जुटेको थियो । उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने तय भएको छ।