२०७९ आश्विन ११ मंगलवार 1664267053
Uncategorized

मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई प्रधानमन्त्रीले निर्देशन दिनुहुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुने भएको छ । 

समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उहाँले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिनुहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।