१३ बैशाख २०८१, बिहीबार 1714084241
प्रदेश

चारवटा प्रदेशमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । देशको पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ लगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।