१२ बैशाख २०८१, बुधबार 1713993740
Banner

राष्टबैकका गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटउपर आज पेसी तोकिएको छ । हिजो सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी आजका लागि तोकिएको हो । सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी मंगलारलाई तोकिएको जानकारी दिनुभयो ।

सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए ।