२०७९ मंसिर २४ शनिबार 1670667254
Banner

सोमबारको बैठकमा सहमति जुटन नसकेपछि सत्तागठबन्धनको बैठक आज बस्दै

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि बैठक आज पुन बस्दै छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन गरिएको दिनभरको प्रयास असफल भएको थियो ।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बाँडफाँटलाई अन्तिम रूप दिन आज १२ बजे पुनः बैठक बस्ने बताउनुभयो ।

गठबन्धने ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका को उम्मेदबार कस्लाई दिने भन्नेबारे टुंगो लगाउने बताउँदै आएको छ ।