११ बैशाख २०८१, मंगलवार 1713916365
Uncategorized

सूचना टाँसेर प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ ।

२२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

गत आइतबार (१८ पुस)मा डाकिएको बैठक सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । तर, यसको अघिल्लो दिन बुधबार विशेष कारण देखाउँदै बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गौतमका अनुसार अब प्रतिनिधिसभाको बैठक २८ पुस बुधबार दिउँसो १ बजे बस्नेछ ।