१३ बैशाख २०८१, बिहीबार 1714088554
Banner

पेट्रोलको मूल्य घटेर आयो

काठमाडौं । निरन्तर बढिरहेको पेट्रोल मूल्य भारतबाट घटेर आएको छ । गएको शनिबार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४।७९ रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।

तर, नयाँ मूल्यअनुसार डिजेलमा प्रति लिटर २।०२ रुपैयाँ, हवाई इन्धनमा ०।३८ रुपैयाँ बढेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ । तर, निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखिएको विज्ञप्तिमा भनिएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यमा खासै कमी नआएको पनि जनाएको छ ।