१३ बैशाख २०८१, बिहीबार 1714076937
Banner

प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

काठमाडौं । पोखरा महानगरको उपमेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिफारिस भएकी छन्। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी उपमेयरमा सिफारिस भएकी हुन्।

अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले त्रिपाठीसँग दोस्रो विवाह गरेका थिए। महानगर समितिको बैठकले मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरूङलाई सिफारिस गरेको छ। यस्तै,उपमेयरमा प्रदेश कमिटी सदस्यसमेत रहेकी त्रिपाठीसहित गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी सिफारिस भएका छन्। मेयर र उपमेयरका लागि महानगर कमिटीले सर्वसम्मत नाम सिफारिस गरेको हो ।