१३ बैशाख २०८१, बिहीबार 1714061783
समाचार

थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६०० जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।