८ बैशाख २०८१, शनिबार 1713642226
Banner

महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा मिलाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ — स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे नौ बजेदेखि बैठक बसेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले चुनावी तयारीबारे छलफल गर्न बैठक बसिरहेको जानकारी दिनुभयो ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्नेबारे छलफल गरिरहेका छन् । तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ ।

सोमबारको बैठकले मुलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी छ ।