२०७९ आश्विन ११ मंगलवार 1664267310
Banner

एमाले अध्यक्ष ओली सल्लेरी जाँदै, सोलु दुधकुण्ड मेयरका दाबेदार एमाले प्रवेश गर्ने

काठमाडौं । कर्णालीको हिमाली जिल्ला हुम्ला पुगेको भोलीपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश नं १ को हिमाली जिल्ला सोलुखुम्बु जाँदै हुनुहुन्छ ।

नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बाँस्तोलाका अनुसार अध्यक्ष ओलीले कांग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा कांग्रेसका सयौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुहुने कार्यक्रम छ ।

स्थानीय चुनावको घोषणा भएलगत्तै एमाले अध्यक्ष ओली जिल्ला जिल्लामा पुग्नुभएको छ । अहिलेसम्म उहाँले २७ भन्दा बढी जिल्लाको जनसभामा सहभागी भइसक्नु भएको छ ।