८ बैशाख २०८१, शनिबार 1713627409
Banner

गठबन्धनको बैठक सकिएपछि प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम तय गरिएको माओवादी प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ । सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको छ । दलहरू आ(आफ्नै अडानमा कायम रहँदा मनोनयनपत्र दर्ताको समय नजिकिँदा समेत उमेदवार चयनलगायत विषयमा अन्योल छ ।