१४ बैशाख २०८१, शुक्रबार 1714115817
Banner

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

बैठक साँझ ६ बजे बालकोटमा बस्दै छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्रलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।