२२ बैशाख २०८१, शनिबार 1714808183
Banner

बालाजु बाइसधारा मेला आजदेखि शुरु हुँर्दै

काठमाडौं । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला आजदेखि सुरु हुने भएको छ । जानकारी दिएको हो । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । मेलालाई गत वर्षभन्दा भव्य रूपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको छ ।

बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बताउनुभयो । तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका वडा नं १६ को पाँच वटा खट बालाजु बाइसधारामा आउने व्यवस्थापन समितिका सचिव विजयकुमार झाले जानकारी दिनुभयो ।

धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक रुपमा काठमाडौंको बालाजु बाइसधारा महत्वपूर्ण स्थल हो । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । आज चैत शुक्ल पूर्णिमा, बाइसधारामा मेला भर्न आउने श्रद्धालु उल्लेख्य हुन्छन ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ को बालाजुमा रहेको बाइसधारामा हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यका र वरपरबाट बाइसधारा स्नान गर्न आउने दर्शनार्थीको घुँइचो लाग्ने गरेको छ ।

बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बी दुवैको आस्थाको केन्द्रका रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमूना मानिन्छ।

यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हीको रूपमा मनाउने गर्दछन्। यसै दिन मन्नादी देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी देवीको पूजा अर्चना गरे फलिफाप हुने जनविश्वास छ। यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हट्ने विश्वास गरिन्छ।

बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि विक्रम संवत् १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहेको इतिहासमा उल्लेख छ ।

नागार्जुन पर्वतको पाउमा पर्ने बालाजुको बाइसधारामा स्नान गरी शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने २ हजार १ सय २८ मिटरको उचाइमा रहेको पदयात्राका लागि समेत प्रख्यात जामाचो डाँडामा गएर मेला भर्ने र डाँडाबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकल गर्न पाइने हुँदा पर्यटकीय हिसाबले पनि बालाजु बाइसधारा मेलाको निकै महत्व छ ।

पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ । मेलाको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका वडा नं १६ ले आर्थिक सहयोग पनि गरेको छ ।