११ जेष्ठ २०८१, शुक्रबार 1716564321
Banner

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बार प्रा. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।