२३ बैशाख २०८१, आईतवार 1714953793
Banner

एमालेले ७५ औं स्थापना दिवस आज मनाउँर्दै, पूर्व राष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरवबाट’ सम्मान गरिने

काठमाडौं । नेकपा एमालेले ७५ औं स्थापना दिवस आज मनाउँर्दै छ । एमालेले नेकपा स्थापना दिवसको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको विशेष समारोह आयोजना गरेको हो ।

हीरक महोत्सवमा अवसरमा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव पदक’बाट सम्मान गर्ने कार्यक्रम रहेको छ । आइतबार गोदावरीमा सम्पन्न पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रस्तावलाई महाधिवेशनले पारित गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदान र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएको भन्दै एमालेले ‘राष्ट्रिय गौरव पदक’बाट सम्मान गर्न लागेको हो ।

एमालेको हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरू विशेष अतिथिको रूपमा सहभागी हुनुहुने बताएको छ ।

७५ वर्षअघि २००६ साल वैशाख १० गते भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा नेकपाको स्थापना भएको थियो ।

पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थो भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगाएतका नेताहरु हुनुहुन्थ्यो ।