९ जेष्ठ २०८१, बुधबार 1716411815
Banner

एमाले प्रतिनिधि परिषद्को बैठकमा पेश भएका यी हुन ६ प्रतिवेदन

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । बैठकमा ६ वटा प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

शनिबार ललितपुरको गोदावरीस्थित सइनराज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

एमालेमा महाधिवेशन पछिको दोस्रो ठुलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ ।