२०७९ मंसिर १५ बिहीबार 1669937258
Banner

महानगरपालिका र उपमहानगरपालिकाबारे भोलि मात्रै गठबन्धनले टुंगो लगाउने

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा थप छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँका अनुसार गठबन्धनको बैठक आज दिउँसो पुनः बस्नेछ ।

यसैगरी, गठबन्धनको बैठकबारे जानकारी दिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगरपालिका र उपमहानगरपालिकाबारे भोलि सोमबारसम्ममा टुंगो लगाउने निर्णय भएको बताउनुभयो ।