२० बैशाख २०८१, बिहीबार 1714632239
Banner

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको छ । शुक्रबार बसेको प्रदेश अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले बहिष्कार गरेका थिए ।

कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो ।

प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।