१९ बैशाख २०८१, बुधबार 1714594423
Banner

विमानको सिटमा एक किलो सुन फेला

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा एक किलो भन्दा बढी सुन फेला परेको छ ।

बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सो सुन फेला परेको बताइएको छ । पार्किङ भएको जहाजको सिटमा विमानकै कर्मचारीहरूले सुन फेला पारेको बताइएको छ ।