९ जेष्ठ २०८१, बुधबार 1716409162
Banner

राप्रपाको प्रदर्शनमा अश्रुग्याँस प्रहारबाट घाईते भएका डाँगीको उपचारका क्रममा निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष हुन् ।

राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले फ्याँकेको अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उच्च रक्तचापबाट समेत पीडित उनलाई अश्रुग्यास प्रहारबाट टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि आज १२ राप्रपा कार्यालयमा राखिने प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन ।