७ बैशाख २०८१, शुक्रबार 1713577731
राजनीति

काभ्रेको गठबन्धन भत्किने संकेत

काठमाडौ (वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, सङ्घीय समाजवादी र जनमोर्चाबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भत्किने अवस्थामा पुगेको हो ।

काँग्रेसका जिल्ला सचिव माधव ढकालले हिजोसम्मको छलफललाई आधार मान्दा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको बताउनुभयो ।

केन्द्रले तोकेको मापदण्ड र जिल्ला पार्टीले तयार पारेको खाका अनुसार माओवादी केन्द्रलाई २ पालिका र ३३ वडामा नेतृत्व दिन सकिने काँग्रेसको भनाई छ । यता एकीकृत समाजवादीलाई एक पालिका र १० वडामा नेतृत्व दिन सकिने काँग्रेस भनाइ रहेको छ । तर काँग्रेसको प्रस्तावलाई माओवादी र एकीकृत समाजवादी मान्न तयार छैनन्। काँग्रेसले १० पालिका र ९२ वडाको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको थियो ।

माओवादी केन्द्रका एक जिल्ला स्तरीय नेताका अनुसार गठबन्धन नहुने देखिएपछि पार्टीले आफ्नो हिसाब तयारी अगाडी बढाएको जानकारी दिनुभयो । एकीकृत समाजवादी पनि आफ्नो तयारीमा लागेको छ । यस जिल्लामा १३ पालिका रहेका छन् ।