७ बैशाख २०८१, शुक्रबार 1713561956
राजनीति

कांग्रेसले मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ उठायो

काठमाडौं । नेपाली कांग्रेसले मेयरका आकांक्षीसँग २५ हजार शुल्क उठाएको छ । पोखरा महानगरपालिकाले मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभई पार्टीलाई सहयोगका रुपमा लिएको बताए । ‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँँच सय रुपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उनले भने, ‘तिर्नैपर्छ भन्ने छैन । फार्म शुल्क बाहेक अरु नदिएपनि केही रोकतोक छैन ।’

उनले पार्टी सन्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताए । मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ । कांग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपरान्ह ४ बजेसम्म नाम टिपाउन भनेको छ । अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ ।