८ जेष्ठ २०८१, मंगलवार 1716273284
समाचार

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहको टीम नेपाल भ्रमणमा

काठमाडौं । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह नेतृत्वको टीम नेपाल भ्रमणमा छ । पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स नेपालको औपचारिक भ्रमणका लागि यहि चैत्र २६ गते काठमाडौं आइपुगेको हो । वहाँलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कणेल अमित कुमार शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

आफ्नो पाँच दिने भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभयो साथै काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत र्‍यालीलाई सम्बोधन गर्नुभयो ।

उहाँले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गर्नुभयो । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्ध रहने कुरा बताउनुभयो ।

लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नुभयो । वहाँले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । वहाँले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गर्नुभयो ।