४ जेष्ठ २०८१, शुक्रबार 1715969661
Banner

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत गर्न सिफारिस

काठमाडौ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त थियो । शाक्य एमाले कोटामा सिफारिस हुनुभएको हो । उहाँ पूर्व राजदूतसमेत हुनुहुन्छ ।