३ जेष्ठ २०८१, बिहीबार 1715902794
Banner

प्रतिनिधिसभाको बैठक बस्दै, संसद चल्न नदिने काँग्रेसको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौय गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ तर नेपाली काँग्रेसले भने संसद चल्न नदिने बताएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथीको संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गदै काँग्रेसले संसद अवरोध गदै आइरहेको छ । सभामुखले काँग्रेसको निरन्तरको अवरोध हटाउन सत्ता र प्रतिपक्ष दलका नेतालाइ हिजो बोलाएर पहल गरे पनि सहमति जुटन सकेन । रविमाथी छानविन हुनुपर्ने भन्दै संसदीय छानविन समिति गठनको माग गदै काँग्रेसले निरन्तर संसद अवरोध गरेको छ । जसले गर्दा पछिल्लो समय संसद राजनीतिक खिचातानीमा रुमलिएको छ ।