२१ बैशाख २०८१, शुक्रबार 1714782536
Banner

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा-गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।