१३ बैशाख २०८१, बिहीबार 1714074443
Banner

एमालेले जितेको स्थानीय तहमा एकीकृत समाजवादीको हक लाग्छ : अध्यक्ष नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवारी पाउनुपर्ने दावी गर्नुभएको छ ।

स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच विवाद चुलिएको बेला नेपालले एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताउनुभएको हो ।

उहाँले एमालेले जितेको ठाउँमा आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँड गर्दा यसविषयमा गठबन्धनमा आवद्ध अन्य दलहरुले ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमती नभए सहमत हुने दलसँग गठबन्धन गरेर प्रतिस्पर्धा गरिने बताउनुभयो ।

अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध दलहरुको ध्यानाकर्षण गराउनु भयो । आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै उहाँले त्यसरी अवमूल्यन नगर्न चेतावनीसमेत दिनुभयो ।