२१ बैशाख २०८१, शुक्रबार 1714792901
Banner

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।

उहाँले आइतबार शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।