६ जेष्ठ २०८१, आईतवार 1716173159
Banner

आयरल्यान्ड ए ले नेपाललाई दियो १५८ रनको लक्ष्य, कमलसिंह ऐरीको ह्याट्रिक

काठमाडौं । आयरल्यान्ड ए ले नेपाललाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले ३८ दशमलव ३ ओभरमा आयरल्याण्डलाई अलआउट गर्‍यो ।

नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिए उनले ३९ औँ ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरेका हुन् ।

ऐरीले ह्याट्रिकसहित ४ विकेट लिएका हुन् । यस्तै शहाव आलम र मौसम ढकालले २-२ विकेट लिए । रिजन ढकालले एक विकेट लिए ।

आयरल्याण्डका लागि केड कार्माइकलले ५१, निल रकले ३९ रन बनाए ।