५ जेष्ठ २०८१, शनिबार 1716085672
Banner

पेट्रोलको मुल्य ४ रुपैयाले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकाले नेपालमा पनि मूल्य बढाइएको निगमले जनाएको छ । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

वृद्धि भएको मूल्य रातिदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।