७ जेष्ठ २०८१, सोमबार 1716227078
समाचार

सुनकोशी नदीमा हराएका तीन बालबालिकाको शव भेटियो

उदयपुर । उदयपुरमा होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला परेको छ ।

प्रहरीका अनुसार नौ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोक बहादुर मगरको शव भेटिएको हो ।

११ चैत दिउँसो उनीहरू नुहाउने क्रममा सुनकोशीमा बगेका थिए ।