२०७९ आश्विन १९ बुधबार 1665018186
अर्थ

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ । नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको गत चैत ३० गते बसेको ३५५ औँ बैठकले बिहीबारदेखि लागु हुने  गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको हो ।

३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत हुनुहुन्छ । । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्रीबाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मानसमेत पाइसक्नुभएको छ ।

मेगा बैंकको स्थापनादेखि नै नायव महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतका रूपमा चार वर्ष अघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको कार्यकाल बिहीबारदेखि समाप्त भएकाले  श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।