८ बैशाख २०८१, शनिबार 1713641084
पालिका

एमालेबाट मोरङमा तीन पालिका प्रमुखका उम्मेद्‍वार सर्वसम्मत

विराटनगर – नेकपा एमालेले मोरङको तीनवटा पालिकाका लागि सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार सिफारिस गरेको छ ।

रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत प्रमुखको उम्मेदवार छनोट गरेको हो ।

जहदामा उपप्रमुखको उम्मेदवार पनि सर्वसम्मत छनोट भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिनु भयो ।

खतिवडाका अनुसार रंगेलीमा दिलिपकुमार अग्रवाल बगडिया, धनपालथान गाउँपालिकामा मुसहरी मण्डल र जहदा गाउँपालिकामा जयनाथ गिरी कृष्ण सर्वसम्मत उम्मेदवार छनोट भएका हुन् । जहदाको उपाध्यक्षमा अनिता सोरेनको नाम सिफारिस भएको छ ।

सचिव खतिवडाका अनुसार १५९ वडा मध्ये ५५ वडामा पनि सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार छनोट भएको छ । आकाक्षी बढी भएको पालिकामा उम्मेदवार छनोटका लागि एमाले मोरङले ६ वटा सम्यन्त्र निर्माण गरेको छ ।

मोरङमा उपलब्ध रहेका स्थायी कमिटी, केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारी रहनेगरी संघिय निर्वाचन क्षेत्र स्तरीय सम्यन्त्र बनाइएको उहाँले बताउनु भयो । संयन्त्रले वैशाख ५ गते भित्र सहमति गरी उम्मेदवारको नाम जिल्लामा सिफारिस गर्ने समयसीमा पाएको सचिव खतिवडाले बताउनु भयो ।