१३ बैशाख २०८१, बिहीबार 1714052290
समाचार

शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौं । १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । बिहीबार दिउँसो छातीमा असजिलो महशुस भएपछि किष्ट अस्पतालको इमरजेन्सीमा भर्ना भएका उनमा मुत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएको छ ।

यसअघि पनि उनलाई छाती र पिसाबको रोगको समस्याले भर्ना गरि करिब एक हप्ता उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य निरीक्षणमा मेडिसिन विभागको नेतृत्वमा अन्य सुपर स्पेसालिटी विभागहरुको समेत सहभागिताका साथ भइरहेको छ । हाल उनको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।