४ बैशाख २०८१, मंगलवार 1713262390
Uncategorized

कांग्रेसको १६ जिल्लाका अधिवेशन सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका कारण अधिवेशन सार्नु परेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसले यस अघि उक्त निर्वाचन यही पुस २७ गते हुने कार्यतालिका सार्वजनिक गरेको थियो । 

अब उक्त निर्वाचन माघ १५ गतेका लागि तोकिएको कांग्रेसले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको भए पनि १६ जिल्लाको जिल्ला अधिवेशन बाँकी छ । पटक पटकको विवाद भएपछि  प्रदेश २ का सबै जिल्ला र चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन ।