२०७९ आश्विन १९ बुधबार 1665019717
Banner

सूर्यविनायक नगरपालिकाको मेयरमा छ जनाको नाम सिफारिस, यी हुन् उम्मेदवार

काठमाडौं । नेकपा एमाले सूर्यविनायक नगरपालिकाको मेयरका लागि ६ जनाले दावी गरेका छन । सुर्यबिनायक नगर कमिटीको छैटौं पुर्ण बैठकबाट नगर प्रमुखमा ६ जनालाई सिफारिस गरेको सुर्यबिनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो । सिफारिस हुनेहरुमा राजेन्द्र राजथला, बासुदेव थापा, किरण थापा, सन्तोष ढुंगेल, राजकुमार सिलवाल र गोविन्द चौलागाई रहेका छन् ।

राजथला पुराना नेता एवं प्रदेश कमिटि सचिवालय सदस्य हुनुहुन्छ । बासुदेव थापा भक्तपुर उपाध्यक्ष एवं वर्तमान मेयर हुनुहुन्छ । किरण थापा जिल्ला कमिटि सदस्य हुनुहुन्छ। सन्तोष ढुंगेल प्रदेश कमिटि सदस्य हुनुहुन्छ। त्यस्तै राजकुमार सिलवाल जिल्ला कमिटि सदस्य र गोविन्द चौलागाई सूर्यविनायक नगर पालिकाको कानुनी सल्लाहकार हुनुहुन्छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिका मेयरका लागि ५ जना र उप मेयरका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। उपमेयरमा जुना बस्नेत, सरिता भटटराई, लक्ष्मि अधिकारी, तारा सापकोटा, ममता राउत, अम्बिका बस्नेत, बिना बस्नेत, तारा खड्का राउत रहेका छन् ।