६ जेष्ठ २०८१, आईतवार 1716125880
Banner

पिएनजीलाई हराउँदै नेपाल टि-२० सिरिजको फाइनलमा

काठमाडौँ । नेपालले पपुवा न्यू गिनीलाई ८५ रनले हराएको छ । नेपालले पपुवा न्यू गिनीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ८५ रनले हराएउँदै विजयी भएको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रनको लक्ष्य दिएको थियो । जितका लागि एक सय ९९ रनको लक्ष्य पाएको पपुवा न्यु गिनीले १६.१ ओभरमा १ सय १३ रन मात्र बनाउन सफल भयो ।

नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।