२०७९ आश्विन १९ बुधबार 1665008568
Banner

केही समयका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा आउछौ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुर्‍याइएको बताउनुभएको छ ।

लमजुङको घलेगाउँमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि चुनावपछि फेरि सत्तामा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘अहिले एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन । एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ ।’

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उहाँको भनाइ थियो । ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन्,’ सूर्यतिर औला देखाउँदै ओलीले भन्नुभयो ।