२०७९ आश्विन १६ आईतवार 1664771925
Banner

हप्तामा दुई दिन बिदा दिने प्रस्ताव छलफलमा छ तर निर्णय भएको छैन : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताउनुभएको छ । शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको जानकारी गराउनुभयो । ‘दुई दिन बिदा दिने कुराको निर्णय भएको भए म सुनाइहाल्थेँ । यो छलफल र बहसको विषय छ तर निर्णय भएको छैन,” उहाँले भन्नुभयो ।

इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।