१४ बैशाख २०८१, शुक्रबार 1714160687
अर्थ

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार पुग्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ४१५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।