३ जेष्ठ २०८१, बिहीबार 1715866268
Banner

उपेन्द्र यादव स्वास्थ्य तथा नवलकिशोर बन मन्त्री बन्ने

काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।

बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने श्रेष्ठले बताए ।