२०७९ आश्विन १६ आईतवार 1664763385
Banner

एमालेबाट सूर्यविनायक नगरपालिकाको उपमेयरमा ८ जनाको दावी, को को परे ?

काठमाडौं । नेकपा एमाले सूर्यविनायक नगरपालिकाको उपमेयरको लागी ८ जनाले दावी गरेका छन । सुर्यबिनायक नगर कमिटीको छैटौं पुर्ण बैठकबाट नगर उपप्रमुखमा ८ जनालाई सिफारिस गरेको सुर्यबिनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो । सिफारिसमा पर्नेहरुमा जुना बस्नेत, सरिता भटटराई, लक्ष्मि अधिकारी, तारा सापकोटा, ममता राउत, अम्बिका बस्नेत, बिना बस्नेत, तारा खड्का राउत रहेका छन् ।

भक्तपुर जिल्ला कमिटि सदस्य जुना बस्नेत हाल सूर्यविनायक नगरपालिकाको उपमेयर हुनुहुन्छ । जिल्ला कमिटि सदस्य सरिता भटटराइ सक्रिय एमाले नेतृ एवं सहकारी क्षेत्रको प्रतिनिधित्व गर्नुहुन्छ । लक्ष्मि अधिकारी अनेमसंघ क्षेत्रिय कमिटि सदस्य साथै पार्टीको सूर्यविनायक नगर कमिटिमा हुनुहुन्छ । अम्बिका बस्नेत, बिना बस्नेत, तारा खड्का राउतले पनि पार्टीका बिभिन्न भूमिकामा रहेका कार्य गरिरहनुभएको छ ।