१४ बैशाख २०८१, शुक्रबार 1714156386
Banner

पोखरामा एमाले मेयरको उम्मेदवार छान्न आज मतदान हुने

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार छान्न नेकपा एमालेमा आज मतदान हुने भएको छ ।

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको सिफारिस निर्वाचन कमिटीले प्रकाशित गरेको सूचनाअनुसार शुक्रवार दिउँसो १२–१ बजेसम्म मतदान हुनेछ । एमालेमा प्रमुख पदका लागि १२ र उपप्रमुख पदका लागि ११ जनाले आकांक्षा देखाएपछि आज मतदान हुन लागेको हो ।