८ बैशाख २०८१, शनिबार 1713624410
कला/साहित्य

रणविर र आलिया विवाह बन्धनमा बाँधिए

काठमाडौं । चर्चित बलिउड स्टारद्वय रणवीर कपुर र आलिया भट्ट विवाहबन्धनमा बाँधिएका छन् । विगत ५ वर्षदेखी प्रेम सम्बन्धमा रहेका उनीहरुले आज रणवीर कपुरको मुम्बईस्थित निजी निवासमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् ।

विवाहपश्चात आलियाले आफ्नो इन्स्टाग्राममार्फत विवाहका फोटोहरु सार्वजनिक गरेकी छन्। आफ्ना नजिकका आफन्त र साथीभाईहरुको सहभागितामा ५ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकोमा आफू उत्साहित रहेको उनले बताएकी छिन् । विवाह समारोहमा नितु कपुर, महेश भट्ट, आर्यन मुखर्जी, करिश्मा कपुर, करिना कपुर लगायतका कलाकारहरुको उपस्थिती थियो ।