४ जेष्ठ २०८१, शुक्रबार 1715927236
Banner

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

लेखनाथ। शनिबार बिहान पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

हल्लनचोकबाट जिरो किमीतर्फ जाँदैगरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कैलालीको सोरहनपुर गाउँपालिका वडा ३ घर भएका वर्ष २८ का महेश आचार्यको सवा ४ बजे र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायको पौने ५ बजे उपचारका क्रममा गण्डकी क्षेत्रीय अस्पतालमा निधन भएको हो । दुवैको शव क्षेत्रीय अस्पतालमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।